अन्टार्कटिका पुगेका थापा सम्मानित

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी मंसिर २५ । अन्टार्कटिकामा पुग्ने तेश्रो नेपालीका रुपमा गुल्मीका एक जना युवालाई स्वदेशका विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । गुल्मीको शान्तिपुर गाविस वडा नम्वर ६ का ३४ वर्षिय अर्जुनकुमार थापाले अन्टार्कटिकाको अन्तिम दक्षिण धुर्व सम्म पुगेको र भारतिय सेनाबाट सगरमाथाको सफल आरोहण समेत गरेकोमा उनलाई शान्तिपुरका विभिन्न संघसंस्था र बुटवलमा समेत सम्मान गरिएको हो ।
२०६७ साल मंसिर ८ गते अन्टार्कटिकाको यात्रा सुरु गरेका थापा २०६७ साल माघ १ गते ५० औं दिनको दिन अन्टार्कटिकाको अन्तिम दक्षिण ध्रुवमा पुगेका थिए । त्यस्तै उनले भारतिय सेनाबाट २०७२ जेठ ७ गते सगरमाथाको सफल आरोहण समेत गरेका थिए । उनलाई शान्तिपुरको नागरिक समाज, उदय शान्ति युवा क्लव, भुपु सैनिक परिवार र त्यहाँका शैक्षिक संस्थाहरुले सम्मान गरिएको हो ।

थापालाई बुटवलका समेत विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । बुटवल घरेलु तथा साना उद्योग महासंघ, रुपन्देही व्यापार संघ, नवलपरासीको देवदह भुपु सैनिक क्लव लगायतले सम्मान गरेका हुन् ।

उनलाई कार्यक्रमका विशेष अतिथी नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री शासंका कोईराला र नेकपा एमालेका नेता तथा पुर्व मन्त्री विष्णु पौड्यालको हातबाट सम्मान गराईएको थियो ।

जिल्ला बाहिरका संघ संस्थाले समेत उनलाई सम्मान गरी रहँदा गुल्मी जिल्लाका संघ संस्था र सरकारी निकायले वेवास्ता गरेको प्रति शान्तिपुरवासी रुष्ट भएका छन् ।
उनलाई सम्मान गरिनु पर्ने सम्वन्धमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गना संघ सम्पर्क राख्दा उनलाई सम्मान गरिनु पर्नेमा जोड दिए । उनले यहाँको नागरिक समाज , गुल्मी उद्योग वाणिज्य संघ जस्ता सामाजिक संघ सस्थाहरुबाट थापालाई सम्मान गर्ने वातवरण मिलाउनु पर्ने बताए ।

अन्र्टाटिकामा पहिलो पाईला टेक्ने नेपाली भुवनसिंह विश्वकर्मा भने आज भन्दा तिस वर्ष अघि नैै पुगेका थिए । उनलाई नेपाल सरकार र तत्कालिन राजाको हातबाट गोरखा दक्षिणवाहु मानपद्वीबाट सम्मानित गरिएको थियो । त्यस्तै बिश्वकर्मालाई देश विदेशका दर्जनौ संघ सस्थाले सम्मान गर्दै देशकै गहना र शाहसी नेपालीका रुपमा लिने गरिएको छ ।

बाग्लुङ्ग उनको पुर्खेयौली घर भए पनि बुटवलमा बसाई सराई गरेकोले उनलाई त्यहाँका दर्जनौ संघ संस्थाले सम्मानित पदमा राखेर समाज सेवामा क्रियाशिल समेत पारेका छन् । उनी वस्ने स्थानको नाम नै भुवनसिंह मार्ग राखेका बिश्वकर्माको डकुमेन्ट्री समेत एक संस्थाले तयार गरेर प्रर्दशनको तयारी गरिएको छ ।

अन्टार्कटिकामा दोश्रो पटक पाईला टेक्ने नेपाली हुन् गुल्मी कै हर्राचौरका रमनसिंह खत्री । तेश्रो नेपालीका रुपमा अन्टार्कटिका पाईला टेकेका थापा आफु अन्टार्कटिकाको अन्तिम दक्षिण ध्रुवमा पुग्ने पहिलो नेपाली भएको दावि गर्दै आए पनि त्यसको आधिकारिक पुष्टी भने हुन सकेको छैन्् ।

आधिकारिक पुष्ट्याँइका लागि नेपाल सरकारसंग लिखित आग्रह गर्न आफु यति वेला काठमाण्डौं आएको थापाले बताए । शान्तिपुर ६ स्थित पिता सुर्यबहादुर थापा र माता फुलमाया थापाको कोखबाट २०३८ साल पौष २१ गते जन्मिएका थापा आज भन्दा १२ वर्ष अघि भारतिय सेनाको २-४ जिआरम भर्ति भएका थिए ।
विद्यार्थी कालमा शान्तिपुरको खेलकुद विकासका एउटा खम्वाकै रुपमा चिनिने थापा भारतिय सेनामा पुगेर आफ्नो पल्टनलाई खेलकुदको उचाईमा चिनाउन समेत महत्वपुर्ण पात्र मानिन्छन् ।

अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनंिसंह बिश्वकर्मा जस्ता शाहसी नेपालीहरुको प्रेरणाबाट आफु पनि अन्तिम दक्षिण धु्रर्व सम्म र यता स्वदेशको संसारकै उच्च शिखर सगरमाथाको चुचुरो समेत चुम्न सफल भएको बताउने थापाले अहिले पछिल्लो शाहसी एक नेपालीका रुपमा भारतिया सेनामा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् ।

Comments

comments

Comments are closed.