¨राईड फर भार्से, फ्लाई फर भार्से¨ कार्यक्रमको तयारी पुरा

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र २९ । नयाँ वर्षको अवसरमा बैशाख १ गते देखि गुल्मीको भार्सेमा सुरु हुन गई रहेको ¨राईड फर भार्से, फ्लाई फर भार्से¨ कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

आयोजक संस्था गुल्मी भार्सेली युवा विश्व सञ्जालका अध्यक्ष किशन थापाले दिएको जानकारी अनुसार भोली विहना देशभरका साईकल यात्रीहरु वुटवलमा जमघट हुने छन् । त्यहाँबाट हिडेका साईकल यात्री चैत्र ३० गते साँझ रुरु फ्रेण्डश क्लवले भव्य स्वागत गर्ने छ र त्यस साँझ उसले साईकल यात्रीहरुहरुलाई सबै व्यवस्थापन गर्ने छ । चैत्र ३१ गते विहान त्यहाँबाट हिडेका साईकल यात्रीहरु जोहाङ्ग खैरेनी हुँदै साँझ भार्से पुग्ने छन् ।
gulmi bharse paragliding
२५ जना भन्दा बढी साईकल यात्रीहरुलाई स्थानिय परम्परागत लोक सांस्कृति र परिकारले स्वागत गर्ने छन् । अर्को दिन बैशाख १ गते विहान भार्से जन सहयोगग माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहमा साईकलीङ्ग रेस गरिने छ भने माथी मयलडाँडा र देउराली डाँडाबाट प्याराग्लाईडिङ्ग उडाएर त्यस भेगको आकाश रङ्गिन पार्ने छन् ।
त्यस्तै फोक्सीङ्ग हुँदै साईकल यात्रीहरु सेतीवेनी पुगेर स्टेम्वरबाट तल मिर्मी ड्यामको यात्रा गर्ने छन् । तेश्रो दिन विविध सांस्कृतिक कार्यक्रमका विच कार्यक्रमको समापन गरिएको छ । कार्यक्रमलाई राष्ट्रिय स्तर सम्म पुराउनका लागि वुटवल देखि जिल्लाका धेरै पत्रकारहरुलाई ३० गते देखि नै आयोजकले प्रत्यक्ष प्रशारणका लागि अनुरोध गरेका छन् ।
कार्यक्रममा विश्व साईकल यात्री पुस्कर शाह र विश्वकीर्तिमान कार्यम गर्न सफल सानुवावु सुनुवार आकर्षणको केन्द्र हुनेछन । पहिलो दिन जिल्ला भर र छिमेकी जिल्लावासी समेत सहभागी हुने आयोजकले अपेक्षा राखेका छन् ।

Comments

comments

Comments are closed.